बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३ दशमलब ९५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५६.८६ अंकले बढेर १ हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको थियो । …