सानो लगानीको ठूलो सपनाः १६ वर्षमै आईपीओबाट सुरु भएको राधा पोखरेलको यात्रा

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा जब साहस, आत्मविश्वास र परिवर्तनका कथा खोजिन्छन्, महोत्तरीको बर्दिबासमा जन्मेकी एक युवतीको संघर्षपछिको यात्राले विशेष अर्थ राख्छ। उनी हुन् राधा पोखरेल, जसले व्यक्तिगत कठिनाइलाई पार गर्दै नेपाली पुँजी बजारमा आफ्नो अलग पहिचान बनाएकी छन्। मध्यवर्गीय परिवारमा जन्मेकी पोखरेलको बाल्यकाल सहज थिएन। सानै उमेरदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुध्नुपर्याे। त्यसैबीच द्वन्द्वकालीन…