आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलर सहायता

एजेन्सी ।   अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन गरेको छ । कोषद्वारा जारी विज्ञप्तिमा कोरोनाभाइरसको महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको उल्लेख छ…