भारतीय शेयर लगानीकर्ताले ६ दिनमै कमाए १३ लाख करोड

भारतीय शेयर लगानीकर्ताले ६ दिनमै कमाए १३ लाख करोड


बैकिङ्ग समाचार । 

विश्वभरी फैलिएको कोरोना भाइरसको माहामारीका बावजुद पनि भारतीय शेयर बजारमा उछाल आएको छ । शेयर बजारमा आएको निरन्तर सुधारले पछिल्लो ६ दिनमा लगानीकर्ताले १३ लाख करोड भारतीय रुपैयाँ कमाएका हुन ।

दैनिक रुपमा कोरोना संक्रमणको संख्या वढ्दै गएपनि भारत सरकारले अर्थतन्त्रलाइ चलायमान बनाउने उद्देश्य अनुरुप उद्योग ब्यवसाय सुचारु हुन थालेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । विस्तारै पुन सुचारु हुने क्रममा रहेको भारतीय अर्थतन्त्रले पूँजी बजारलाई उत्साहित बनाएको छ । अर्थतन्त्र पुन सुचारु हुन थालेपछि नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी १० हजार भन्दा माथि पुगेको छ भने मुम्बइ स्टक एक्सचेन्ज परिसूचक सेनसेक्स ३४ हजार भन्दा माथि पुगेको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने देखिएपछि भारतीय मात्र नभै विश्वकै अधिकासं शेयर बजार उच्च दरमा घटेका थिए । कोरोना संकटको समयमा पनि खुला रहेको बजारमा नकारात्मक विश्लेषणहरु अझै पनि कायम छन । तरपनि पछिल्लो ६ दिनमा भारतीय शेयर बजार मुम्बइ स्टक एक्सचेन्जको कुल बजार पुँजीकरण १३ लाख करोड रुपैयाँले वढेको छ । विश्वमा कोरोना भाइरसको त्रास सुरु हुदाँको महिना अर्थात मार्चमा निफ्टी ७५११ अंकमा झरेको थियो भने सेनसेक्स २५६३८ अंकमा झरेको थियो ।

भारतीय शेयर बजारमा पछिल्लो ६ दिनमा निरन्तर सुधारको गति कायम रह्यो । बजारमा आएको यो सुधार सेन्सेक्स ३४ हजार भन्दा माथि रह्यो भने निफ्टी पनि १० हजार भन्दा माथि पुगेको छ । भारतीय शेयर बजारमा २६ मे मा मुम्बइ स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीको बजार पुँजीकरण १२१६०९९० करोड भारतीय रुपैयाँ थियो । यो बजार पुँजीकरण ६ दिन अर्थात जुन ३ सम्ममा वढेर १२४५९०२८ करोड भारतीय रुपैयाँ पुगेको छ । पछिल्लो छ दिनमा लगानीकर्ताको सम्पत्ती १३ लाख करोड भारतीय रुपैयाँले वढेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि गरीएको लकडाउन विश्वभर नै विस्तारै खुल्दै गएको छ । भारतमा लकडाउन चलिरहेको समयमा पनि अनलक पार्ट एक सुरु भएको छ । यसमा कारखाना तथा केही बाजार खोल्न थालिएको छ । यसले आर्थिक तीविधिमा केही सुधार आएको छ । पुर्ण रुपमा सञ्चालन नआएको भएपनि उद्योग कलकारखानाले आगामी केही दिनमा पुर्ण रुपमा उत्पादन सुरु गर्ने सम्भावना रहेको छ । तयसका साथै सरकारी तर्फवाट आगामी दिनमा पनि अर्थतन्त्रका लागि अन्ये छुट समेत मिल्ने अपेक्षा गरीएको छ । यसले शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको मनोवल सकारात्मक बनाउनमा मद्दत गरेको हो ।

निरन्तर घट्दो क्रममा रहेका विश्वका शेयर बजार पछिल्ला दिनमा निरन्तर सुधारको गतीमा हेका छन । अमेरिकामा विरोध प्रदर्शन भैरहेको अवस्था रहेपनि पुँजी बजारमा त्यसको ठुलो असर परेको देखिन्न । पछिल्ला दिनहरुमा अधिकासं शेयर बजारमा उच्च अंकको सुधार आएको छ । त्यसका साथै पछिल्ला दिनमा अमेरिका र चीन विचको ब्यापारमा समेत सहजता आउने संकेत देखिएपछि त्यसले पनि विश्व पूँजी बजारमा सकारात्मक प्रभावका पारेको हो ।

कोरोना भाइरस माहामारीको विषय समेत पछिल्ला दिनमा समान्य रुप लिदै गएको छ । त्यसका साथै विभिन्न देशहरुमा कोरोना भाइरसको भ्याक्सीन बनेका समेत समाचारहरु बाहिर आइरहेको अवस्था छ । यसले गर्दा कोरोनाको त्रासपनि कम हुदै आएको छ ।
भारतमा विगतका वर्षको तुलनामा यस बर्ष प्रयाप्त हुने अनुमान गएिको छ । यसले गर्दा कृषि उत्पादन वढ्न गइ अर्थतन्त्रका लागि हसयोग पुग्ने समेत अनुमान गर्न थलिएको छ । यसले पनि शेयर लगानीकर्ताको मनोवल सुधार गरेको हो ।

पछिल्ला दिनमा भारतीय शेयर बजारमा देखिएको निरन्तर सुधारमा बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा आएको सुधारको योगदान ठुलो रहेको छ । कोरोना भाइरसको समयमा पनि अत्यावश्यक मानिएको बैंकिङ क्षेत्रले आफ्ना कामलाइ निरन्तरता दिइनै राखे भने सरकारी तर्फवाट पनि ठुलो मात्रमा सहुलियत पाएको हुनाले आगामी दिनमा यो क्षेत्रका कम्पनी आगामी दिनमा लगानीकर्ताले नियमीत प्रतिफल दिने अपेक्षाले गर्दा पनि लगानीकर्ता बजार तर्फ आकर्षित हुन थालेका हुन ।