बैंकिङ्ग समाचार, काठमाडौं । चीनमा हजारौं किसानहरुले नयाँ खालको धान उमार्न थालेका छन् । यसले पुराना वैज्ञानिकहरूको सपना साकार पारिदिएको छ । यो सदाबहार खालको धान हो । यसलाई हरेक सिजनमा लगाउनै पर्दैन । माटोमा रहेको पुराना जराबाटै वर्षौ वर्ष धान फलिरहन्छ । चीनको कुनमिङस्थित युनान विश्वविद्यालयका अनुसन्धाताहरुले यो धान उमार्न दुई दशकभन्दा लामो समय…