फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति ५.०९ प्रतिशतमा घट्यो

फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति ५.०९ प्रतिशतमा घट्यो


काठमाडौं– पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति अघिल्लो महिनाको ५.१० प्रतिशतको तुलनामा ५.०९ प्रतिशतमा घटेको छ। फेब्रुअरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.४४ प्रतिशत थियो।

देशभरका एक हजार ११४ सहरी बजार र एक हजार १८१ गाउँबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।