युक्रेनलाई ३ सय अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गर्ने अमेरिकाको घोषणा

युक्रेनलाई ३ सय अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गर्ने अमेरिकाको घोषणा


काठमाडौं– ह्वाइट हाउसले युक्रेनलाई ३ सय बिलियन अमेरिकी डलरको सुरक्षा सहायताको प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । पेन्टागनको घरेलु हतियार निर्माताहरूसँगको सम्झौतामा लागत वचतबाट सो सहयोग गर्ने बताइएको हो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ह्वाइट हाउसमा नियमित पत्रकार सम्मेलनका क्रममा उक्त घोषणा गरे । सुलिभानले प्रतिनिधि सभाका सांसदहरूलाई बिडेनको पूरक बजेट अनुरोधलाई स्वीकृत गर्न आग्रह गरे । (न्युज एजेन्सी नेपाल)