काठमाडौ – राष्ट्रिय जीवन बीमा कम्पनीले एक दशकपछि वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० यता वार्षिक साधारण सभा गर्न सकेको थिएन । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी आएसँगै ५ आर्थिक वर्षको साधारण सभा डाकेको हो। कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको वार्षिक साधारण सभा एकै पटक डाकेको…