शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

बैंकिङ्ग समाचार, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर आज (सोमवार) देखि लिलामीमा विक्री गर्ने भएको छ ।  कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो…