बैंकिङ्ग समाचार, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पाल्पाको रम्भा गाउँपालिकाको कार्यालयमा १ दिने बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । बुटबल रिजन प्रमुख गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीको प्रमुख अतिथ्यतामा गाउँ कार्यपालिका, बिभागिय प्रमुखहरु र पालिका कर्मचारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो…