काठमाडौं – नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरिएको छ । इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई…