बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्माका बिर्सन लायक चार महिना

काठमाडौं - नेपाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा सहसचिव जनकराज शर्माको चार महिने कार्यकाललाई सरोकारवालाहरूले ‘उपलब्धिविहीन र विवादित’ रूपमा मूल्याङ्कन गर्न थालेका छन्। १० असोजमा नियुक्त भएका शर्माको नियुक्ति सुरुदेखि नै सर्वोच्च अदालतको आदेशको भावना विपरीत रहेको भन्दै प्रश्न उठ्दै आएको थियो। अहिले सोही विषयमा उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा विचाराधीन छ। नियामक संस्थाको नेतृत्व सम्हाल्ने…