बीमा प्राधिकरण अध्यक्ष ओझाको रिटमाथि आज प्रधानन्यायाधीशसहितको इजलासमा सुनवाइ

काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेका रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा ओझासँग सम्बन्धित दुई वटा रिटमाथि एकैसाथ सुनवाइ हुन लागेको हो। सरकारले अध्यक्ष पदबाट बर्खास्त गरेपछि ओझाले २३ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले तत्काल नहटाउने…