काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पुनः प्राधिकरणमा फर्किएका छन् । मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उनको बर्खास्तीविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनी प्राधिकरण फर्किएका हुन् । मंगलबार सर्वोच्च अदालतको पत्र बुझेपछि साँझ प्राधिकरणमा हाजिर भएका हुन् । भदौ २३ गते ओझालाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।…