बैकिङ्ग समाचार। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ। प्रसाइ कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत थिए। बिवेक झा कार्यकाल सकेर बाहिरिएपछि प्रमुख कार्यकारी पद रिक्त थियो। प्रसाइको नियुक्तिपछि बीमा समितिसँग स्वीकृति माग गरिएको छ। समितिले एक महिनाभित्र कुनै जबाफ नदिए प्रसाई स्वत प्रमुख कार्यकारी हुने छन्। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।…