इन्स्योरेन्स डिस्कोर्श: इन्सुरटेक नवप्रवर्तन सत्रमा मोडरेटरको भूमिकामा सञ्चारकर्मी सुरेन्द्र कट्टेल  

काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को एउटा सत्रकाे मोडरेटरकाे भूमिका सञ्चारकर्मी सुरेन्द्र कट्टेलले गर्ने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुने इन्स्योरेन्स डिस्कोर्शमा कट्टेलले चोथौ सत्रमा मोडरेटरको भूमिका निर्वाह गर्ने भएका हुन्। उनले इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै विषयक सत्रमा मध्यस्तकर्ताको भूमिका निर्वाह…