काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताएकी छिन्। राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज भएको छलफलमा उनले स्वास्थ्य बीमालाई दिगो बनाउन विज्ञसहितको समिति गठन गरी समस्या र चुनौतीहरू पहिचान गरी निराकरणको थालनी गरिएको बताइन्। ‘सरुवा रोग तथा नसर्ने रोगको वर्तमान अवस्था, स्वास्थ्य…