बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान

काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान गरिएको छ । कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक विमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो । संस्थाले २५ किसानलाई सामुहिक पशु बिमा बापतको…