काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा सेवाको सुरु गरेको छ । इनड्राइभ नेपालका प्रयोगकर्ताहरूलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरूको सहज, सरल माध्यमबाट बीमा सेवा उपलब्ध गराउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी सुरु गरेको हो ।…