सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्नेछु : नवनियुक्त अध्यक्ष ओझा

काठमडौं – नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हालेका छन् । यसअघि, आजै अर्थमन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपाल सरकार, मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उनलाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।…