बैंकिङ्ग समाचार,काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले शेयररजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडलाई भदौ १५ गतेदेखि लागु हुनेगरी नियुक्त गरेको हो । कम्पनीको शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डी–म्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरिएको हो…