बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान



बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकको विभिन्न कोषहरुमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। यसका लागि मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब २९ करोड २२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४२ करोड ९८ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १४ करोड ३३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरिने जनाएको छ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको केही सर्तहरु भने पालना गरेको हुनुपर्नेछ। यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्मका लागि हुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ।