आज नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम दुई अर्ब नाघ्यो

आज नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम दुई अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४७.७५ अंकले बढेर एक हजार ९ सय ७ दशमलब ९७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । आज दुई अर्ब एक करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।