लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने, कुन–कुन हुन् ?

लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने, कुन–कुन हुन् ?



बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी सनराइज बैंक लिमिटेडका दुई शाखा कार्यालयहरु गभिने भएका छन् । बैंकले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

इलाम नगरपालिका वडा नं. ७ चोक बजारमा रहेको शाखा निकुञ्जपथमा रहेको तत्कालिन सनराइज बैंकको शाखा रहेको स्थानमा गाभिएर कार्यालय रहने भएको छ । साथै, भिमदत्त नगरपालिका वडा नं. ४ मा रहेको शाखा भिमदत्त नगरपालिका वडा नं. ४ को गल्ली नं. २ मा रहेको तत्कालिन लक्ष्मी बैंकको शाखा रहेको स्थानमा कार्यालय रहेने भएको छ ।

मंसिर १७ गतेदेखि गाभिएर उक्त शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकको भनाइ छ ।