बुटवल- सहकारीलाई तिर्नुपर्ने रकमको चेक अनादर गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेका कांग्रेस नवलपरासीका सचिव कुलदीप आचार्यलाई प्रहरीले तीन महिनासम्म नियन्त्रणमा लिन सकेको छैन। पश्चिम नवलपरासीको बर्दघाटस्थित सिद्धबाबा बहुउद्देशीय सहकारी संस्था लिमिटेडबाट लिएको करिव ७५ लाख रुपैयाँ नतिरेको आरोपमा सहकारीले आचार्यविरुद्ध ठगी एवं बैकिङ्ग·कसुर सम्वन्धी मुद्दा दर्ता गरेकाे थियाे। उक्त सहकारीका पूर्वसचिव समेत रहेका आचार्यले…