काठमाडौं– २०४८ मा प्रजातन्त्र पुर्नबहाली भएसँगै नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गयो। सोही वर्ष नेपालले पहिलोपटक लगानी सम्मेलन पनि गर्यो। लगानीका लागि औपचारिक आह्वानका साथ भएको उक्त सम्मेलनसँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को वातावरण बन्दै गएको देखिन्छ। नेपाल राष्ट्र बैंकको अभिलेखअनुसार त्यसअघि अनौपचारिक रूपमा २०३८ सालदेखि नेपाली उत्पादन उद्योगमा विदेशीहरूले लगानी गरेका थिए। तथ्यांकअनुसार त्यो…