टेस्ला निर्माता एलन मस्कले ‘युनिभर्सिटी’ खोल्ने


काठमाडौं–अमेरिकी अर्बपति एलन मस्कले अमेरिकी राज्य टेक्ससको अस्टिनमा आफ्नै विश्वविद्यालय स्थापना गर्ने योजना बनाइरहेको बताइएको छ । अन्तराष्ट्रिय मिडियाहरुमा उल्लेख भएअनुसार ब्लुमबर्गको हालै सार्वजनिक भएको रिपोर्टमा एलन मस्कले खोल्ने युनिभर्सिटिको बारेमा प्रष्ट्याइएको छ ।

उक्त रिर्पोटका आधारमा उनी विद्यार्थीहरुका लागि विद्यालय खोल्न चाहिरहेको बताइएको छ । ब्लुमबर्गले अनुसन्धान गरेको कर फाइलिङका अनुसार मस्कले हाइस्कूल जाने उमेरका बालबालिकालाई प्राथमिक तहसम्मको खानपानको सुविधायुक्त विद्यालय सुरु गर्ने योजनामा छन् । ​​द फाउन्डेसन नामको नयाँ परोपकारी संस्थाले एक सय मिलियन अमेरिकी डलर खर्चेर उक्त विश्वविद्यालय सुरु गर्ने योजना बनाएको बताइएको छ ।

एलन मस्कले स्थापना गर्ने युनिभर्सिटिमा STEM: विषयहरू सिकाउनेछ भने ५० जना विद्यार्थीहरूको प्रारम्भिक नामङ्कन गरिसकेको बताइएको छ ।

विगतमा पनि द फाउन्डेसन नामको परोपकारी संस्थाले उच्च स्तरको विश्वविद्यालय निर्माण गर्न चाहिरहेको सार्वजनिक रिपाेर्टमा उल्लेख गरिएको थियो । एलन मस्कले खोल्ने विश्वविद्यालयले आवश्यकतामा आधारित छात्रवृत्ति पनि प्रदान गर्ने जानकारी गराइएको छ ।

एलन मस्कले विगतमा विद्यालय खोल्ने इच्छा व्यक्त गरेका थिए । २०१४ मा पनि आफ्ना छोराछोरी र कम्पनीका कर्मचारीहरूका लागि एड एस्ट्रा नामक एउटा सानो निजी विद्यालय खोलेका थिए। वाल स्ट्रिट जर्नल रिपोर्ट अनुसार एड एस्ट्राको ग्रेड नभएपछि यसको सट्टा योग्यता र क्षमतामा आधारित शिक्षा प्रदान गर्नको लागि युनिभर्सिटी खोल्नुपरेको बताइएको छ ।

अमेरिकी अर्बपति एलन मस्कको स्पेसएक्स र टेस्ला जस्ता कम्पनीहरुले पनि विगतका धेरै वर्षहरूमा अमेरिकी शिक्षा क्षेत्रको क्षमतामा गिरावट देखेको र यसलाई सुधार गर्नुपर्ने बताउँदै आइरहेका थिए ।