काठमाडौं – जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गरेको छ। जेनजी युनाइटेडका संयोजक जनक परियारले गभर्नरलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा विगत केही समयदेखि देशका अर्थतन्त्रपूर्ण रुपमा लयमा फर्किन नसक्दा नागरिकको जीवन सहज नबनेको उल्लेख गरिएको छ। साथै, लगानी गर्ने वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई जिम्मेवार…