घरजग्गा कारोबार बढेसँगै रजिष्ट्रेसन राजस्वमा १६.१ प्रतिशतकाे वृद्धि

काठमाडौं – केन्द्रीय बैंककाे पछिल्लो समयकाे तथ्यांकले घरजग्गा कारोबार बढ्दै गएको देखाएको छ। तथ्यांकले विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको देखाएकाे हाे। कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा घरजग्गा रजिस्ट्रेसन ३२.९ प्रतिशतले बढेको देखिएकाे छ। २०८०/८१ को अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो । घरजग्गाको कारोबार बढेसँगै मालपोत कार्यालयमा रजिस्ट्रेसन गर्नेको…