नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के प्रावधान रहेको छ ?

नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के प्रावधान रहेको छ ?


काठमाडौं– परिवर्त्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायले नेपालमा सोही मुद्रामा चल्ती, बचत, कल वा मुद्दती (खातावालाको प्रकृतिअनुसार) खाता खोल्न सक्छन्। नेपाल राष्ट्र बैंकले दैनिक रूपमा प्रकाशन गर्ने विनिमय दरसम्बन्धी सूचनामा समावेश भएका परिवर्त्य विदेशी मुद्रामध्ये भारतीय रूपैयाँबाहेक खरिद तथा बिक्री दुबै दर उल्लेख भएका मुद्रामा मात्र त्यस्ता खाता खोल्न सकिने प्रावधान छ।

राष्ट्र बैंकका अनुसार प्राकृतिक व्यक्तिको हकमा विदेशी मुद्राको स्रोतसम्बन्धी विवरण पेस गर्नुपर्ने र अमेरिकी डलर पाँच हजार वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी हुनेगरी नगद विदेशी मुद्राको आधारमा खाता खोल्नका लागि नियमानुसारको भन्सार घोषणा कागजात पेस गर्नुपर्ने छ।