भारतीय कांग्रेस सांसद जाेडिएको कम्पनीमा आयकर विभागको छापा, ३५० करोडभन्दा बढी नगद बरामद

काठमाडौं– भारतमा आयकर विभागका अधिकारीहरुले एक कांग्रेस सांसदको परिवारले सञ्चालन गरिरहेको कम्पनीमा छापा मारेको छन्। छापा मार्दा कम्पनीबाट ३५० करोड भारुभन्दा बढी नगद बरामद भएको छ। स्रोत नखुलेको रकम फेला पारेपछि अनुसन्धान भइरहेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। पीटीआईका अनुसार स्रोत नखुलेको उक्त रकम भारतमा नगद भेटिएको अहिलेसम्मकै धेरै हो। अधिकारीहरुले कांग्रेस राज्यसभा सांसद…