ग्लोबल आईएमई बैंकका थप ४ शाखा सञ्चालनमा


काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५ र चन्द्रागिरी नगरपालिका–१३ दहचोक, चितवनको भरतपुर महानगरपालिका–८ शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु सुरू भएकाे बैंकले जनाएकाे छ।

७७ वटै जिल्लामा शाखा सञ्जाल रहेकाे ग्लोबल आईएमई बैंकले देशभर ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेकाे छ।