नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा आचार्य र थापा निर्विरोध निर्वाचित 

काठमाडौंं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन्। बैंकको सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने लिमा अधिकारी आचार्य र मनिष थापा सो पदमा निर्वाचित भएका हुन्।  बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको सातौं वार्षिक साधारण सभाबाट यी दुईलाई आगामी ४ वर्षे कार्यकालको लागि नियुक्त भएका हुन्।