काठमाडौं– नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बैंकिङ्ग कानून र नीतिगत व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका छन्। नेपाल कानुन व्यवसायी परिषद् र सर्वोच्च अदालत बार एसोसिएसनसँगको समन्वयमा आयोजित ‘बैंकिङ्ग कानुनको अभ्यास र नीतिगत सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले सो कार्यपत्र प्रस्तुत गरेका हुन्। पौडेलले पाँच बुँदामा…