काठमाडौं – केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ १२ गते बुधबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५७ अर्ब बराबरको निक्षेप संकलन भएको छ । भदौ ११ गते मंगलबार ६४ खर्ब ५३ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा ४ अर्बको वृद्धि देखिएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि ४ अर्बले नै बढेको छ । भदौ १२ गते ५७ खर्ब २७ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले ११ गते ५७ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका थिए ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा १ अर्बले बढेको छ । गत मंगलबारसम्म ५१ खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले बुधबार ५१ खर्ब ८९ अर्ब प्रवाह गरेका छन् ।
त्यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाह भने स्थिर रहेको छ । बैंकहरुले मंगलबार र बुधबार दुवैदिन ४५ खर्ब ९१ अर्ब कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९५ प्रतिशतबाट बढेर ७९.०४ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया