ग्राहकलाई बैंकले नै वित्तीय साक्षरता दिनुपर्छ : सांसदहरु

ग्राहकलाई बैंकले नै वित्तीय साक्षरता दिनुपर्छ : सांसदहरु


काठमाडौं – बैंकहरुले ग्राहकलाई वित्तीय साक्षरता दिनुपर्ने आवश्यकता सांसदहरूले औंल्याएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भएको बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथिको दफाबार छलफलमा सहभागी सांसदहरुले नागरिकलाई बैंकिङ्ग मा आकर्षित गर्न बैंकले नै वित्तीय साक्षरता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

दफाबार छलफलमा सहभागी सांसदहरुले नागरिकलाई बैंकिङ्गमा आकर्षित गर्न बैंकले नै वित्तीय साक्षरता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् । छलफलमा सांसद सुमना श्रेष्ठले हरेक बैंकले आफ्ना खातावालाई वित्तीय साक्षरता दिनुपर्नेमा जोड दिइन् ।

छलफलमा सांसद सुमना श्रेष्ठले हरेक बैंकले आफ्ना खातावालाई वित्तीय साक्षरता दिनुपर्नेमा जोड दिइन् । ‘दुर्गम तथा विभिन्न ठाउँमा बैंकले ग्राहक थप गरे भन्ने गरिन्छ तर वित्तीय साक्षरताको विषय प्राथमिकतामा पर्दैन। सामान्यभन्दा सामान्य जानकारी नपाउँदा पनि नागरिकले धेरै समस्या खेपेका छन्’, सांसद श्रेष्ठले भनिन्, ‘बैंकले आफ्नो चेकबुकको सुरक्षालगायतका कुरामा साक्षर गराए मात्रै पनि धेरै समस्या समाधान हुन्छ ।’

उनले ग्राहकलाई वित्तीय साक्षरता गराउनु बैंकको कर्तव्य भएको पनि बताइन् । यस्तै सांसद दीपा शर्माले वित्तीय साक्षरता अभावमा बैंक तथा वित्तीय क्षेत्रमा ठूलो समस्या आएको बताइन् । ‘नेपाल राष्ट्र बैंकले हरेक बैंकलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न बैंकहरुलाई निर्देशन दिन सक्ने व्यवस्था राख्नुपर्छ’, सांसद शर्माले भनिन्, ‘बैंकिङ्ग कारोबारमा नागरिक ठगिने र दुःख पाउने अवस्था अन्त्य गर्नुपर्छ ।’

हरेक बैंकले वित्तीय अनुशासन कायम गर्न पनि वित्तीय साक्षरता ल्याउनुपर्ने उनको भनाई छ । शर्माले चेककै रुपमा प्रयोग हुने डिजिटल विनिमय र त्यसमा गरिने अनादरको क्षेत्रलाई पनि समेट्नुपर्ने बताइन् । रकम नभई चेक काट्न नमिल्ने व्यवस्था गर्न आवश्यक देखिएको उनको भनाई छ ।