सिद्धार्थ बैंकको सबै सेवा १२ घण्टा अवरुद्ध हुने

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडको बैंकिङ सेवा १२ घण्टा अवरुद्ध हुने भएको छ । बैंकले डाटा सेन्टर स्थानान्तरणका लागि सेवा अवरुद्ध गर्नु परेको जनाएको छ । शुक्रबार (आज) राति ११ बजेदेखि भोलि (शनिबार) बिहान ११ बजेसम्म मोबाइल बैंकिङ, एटीएम, डेबिट कार्ड, रेमिट, आइपीएस, आरटीजीएसलगायतका सबै बैंकिङ सेवा अवरुद्ध हुने भएको हो ।