प्राकृतिक विपत्तिका कारण असर पुगेका जिल्लाका व्यवसायीहरूको कर्जा पुनर्संरचना गर्न मिल्ने 

काठमाडौं – नेपाल राष्ट्र बैंकले प्राकृतिक विपत्तिका कारण असर पुगेका जिल्लाका व्यवसायीहरूमा प्रवाह भएको कर्जाको पुनर्संरचना गर्न मिल्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक पटकका लागी पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने बताएको हो ।  केन्द्रीय बैंकले भनेको छ, ‘हालैको बाढी पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम र व्यवसायका लागि…