दीपक भट्ट पक्राउ पर्दा उनकै योजनामा सेबोन अध्यक्ष बनेका सन्तोषनारायण श्रेष्ठ पदमै

काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्ट, उनका व्यापारिक साझेदार शंकर अग्रवाललाई पक्राउ गर्‍यो । प्रहरीले शुलभ अग्रवाललाई पक्राउ गरिसकेको छ । उनकै योजनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बनेका सन्तोषनारायण श्रेष्ठ भने अझै पदमै छन्। श्रेष्ठको नियुक्ति प्रक्रिया सुरु भएदेखि नै राजनीतिक रस्साकस्सी चलेको थियो।…