काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन घटेको छ। राष्ट्र बैंकको असार ८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६२ खर्ब ७७ अर्ब निक्षेप संकलन भएको छ। असार ७ गते भने बैंक तथा वित्तीय संस्थाबाट ६२ खर्ब ८० अर्ब निक्षेप संकलन भएको थियो। यस तथ्यांकलाई हेर्दा एकदिनमा ३ अर्बले निक्षेप संकलन घटेकाे छ।…