‘भुक्तानी प्रदायकलाई यही अवस्थामा राखिरहँदा भविष्यमा सहकारीमा जस्तो समस्या देखिन सक्छ’

नेपालमा डिजिटल भुक्तानी सुरु भएको सात वर्षको छोटो अवधिमा हासिल गरेको प्रगति प्रशंसायोग्य छ । यद्यपि त्यसमै सन्तुष्ट रहेर बस्ने अवस्था छैन । कानुनी संरचनामा केही सुधार र सेवा प्रदायकलाई केही थप अधिकार थपेर भए पनि नेपालमा डिजिटल भुक्तानीको आयतनलाई बढाउन सकिन्छ । अन्तर्राष्ट्रियस्तरमा रहेको अभ्यासअनुरूप डिजिटल भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालक…