रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउन कम्पनीहरुले पहल गर्नुपर्छ : कार्यकारी निर्देशक पौडेल

काठमाडौं - नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अनौपचारिक च्यानलबाट हुने हुन्डी कारोबारलाई निरुत्साहित गर्दै औपचारिक च्यानलमा ल्याउन रेमिट्यान्स कम्पनीहरूले अझ पहल गर्न आवश्यक रहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित दुई रेमिट्यान्स कम्पनी आईएमई रेमिट्यान्स र जीएमई रेमिट्यान्स बीचको मर्जर कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले रेमिट्यान्समा लाग्ने शुल्क महँगो भएको बताएका हुन् ।…