ग्लोबल आइएमई बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन अनुरोध

ग्लोबल आइएमई बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन अनुरोध


काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझ्न शेयरधनीहरूलाई आग्रह गरेको छ ।

बैंकले एक महीनाभित्रमा शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क राखी नगद लाभांश लिन आग्रह गरेको हाे ।

कम्पनीले लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक तथा शेयर रजिष्ट्रारको वेबसाइटमा राखेको जानकारी दिएकाे छ।