विज्ञापन एजेन्सीहरुलाई दरभाउपत्र पेश गर्न राष्ट्र बैंकको आग्रह

विज्ञापन एजेन्सीहरुलाई दरभाउपत्र पेश गर्न राष्ट्र बैंकको आग्रह


काठमाडौं– नेपाल राष्ट्र बैंकले विज्ञापन एजेन्सीहरुलाई दरभाउपत्र पेश गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को लागि राष्ट्र बैंकको सूचना/ विज्ञापनहरु राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा प्रकाशन गराउन नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (संशोधन सहित) को विनियम १८ को उपविनियम (८) बमोजिम सम्पूर्ण इच्छुक विज्ञापन एजेन्सीहरुलाई आफुले प्रदान गर्नसक्ने अधिकतम छुटसहित (प्रतिशतमा) को दरभाउपत्र सिलबन्दी गरी यस बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, वालुवाटारमा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र कागजातसहित पेश गर्न आग्रह गरेको हो ।

त्यस्तै, तोकिएको कागजातहरु पेश नभएमा वा म्याद नाघी प्राप्त हुन आएका सिलबन्दी दरभाउ उपर कारवाही नगरिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आवश्यक जानकारीको लागि सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको आन्तरिक प्रशासन फाट (०१–५७१९६४१, एक्सटेन्सन ३६५ र ४०४) मा सम्पर्क राख्न सकिने उल्लेख गरेको छ ।