काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ। राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर सुरु…