काठमाडौं – नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ । पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै…