काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १९ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २९ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।
साउन २८ गते भने बैंकिङ्ग प्रणालीमा ६४ खर्ब १७ अर्ब निक्षेप संकलन भएकोमा २९ गते २ अर्बले निक्षेप संकलनमा वृद्धि आएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि ४ अर्बले बढेको छ । असार २८ गते ५६ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २९ गते ५६ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका छन् ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने गिरावट देखिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्बले घटेको छ । गत आइतबारसम्म ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएकोमा आइतबार भने ५१ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ । वाणिज्य बैंकहरुले गत सोमबारसम्म ४५ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका छन् । सोमबार वाणिज्य बैंकहरुले ४५ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेकामा मंगलबार १ अर्बले घटेको हो ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७९.९८ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।
प्रतिक्रिया