काठमाडौं – सरकारले नयाँ गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको छ । अघिल्लो साता बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठनको निर्णय गरेको थियो । सो समितिलाई पूर्णता दिँदै सरकारले गभर्नर नियुक्ती प्रक्रियालाई तीव्र बनाएको हो । अर्थमन्त्री पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल छन्…