काठमाडौं – बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनामा कुमारी बैंकको अगुवाइमा १४ वटा बैंकले ४१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको…