काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय परीक्षण (ड्यू डिलिजेन्स रिपोर्ट) प्रतिवेदनले बैंक गम्भीर आर्थिक संकटमा फसेको देखाएको छ । लेखापरीक्षक संस्था सञ्जय चौधरी एन्ड एसोसिएट्सद्वारा तयार गरिएको प्रतिवेदन अनुसार बैंकको सम्पत्ति ऋणको अनुपातमा निकै कम हुँदा बैंकको खुद सम्पत्ति (नेट वर्थ) ऋणात्मक देखिएको छ ।
०७८ साल पुस मसान्तसम्मको वित्तीय विवरणमा बैंकको नेटवर्थ १ अर्ब ९० करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको छ । आवश्यक समायोजन र वास्तविक मूल्यांकनपछि यो थप बढेर २ अर्ब ४६ करोड ७७ लाख ऋणात्मक पुगेको छ । त्यससँगै, बैंकको पुँजी पर्याप्तता अनुपात घटेर ९३.६५ प्रतिशतले ऋणात्मक छ । यो नियामक निकायले तोकेको न्यूनतम ११ प्रतिशतभन्दा ज्यादै न्यून हो ।
प्रणालीमा जम्मा देखिएको तर बैंकमा वास्तविक रूपमा जम्मा गरिएको रकम समेत १५ करोड ३० लाख रहेको प्रतिवेदनमा उल्लेख छ । कुल शंकास्पद हिनामिना रकम १ अर्ब २७ करोड २१ लाख ६३ हजार रहेको प्रतिवेदनले देखाएको छ ।
लेखा परीक्षणले अवैध ऋण प्रवाह, गलत धितो मूल्यांकन र ऋण दुरुपयोग भएका धेरै घटना उल्लेख गरेको छ । बैंकका केही ऋण फिर्ता नहुने अवस्थामा पुगेका छन् । यसका लागि थप ४३ करोड १५ लाख २३ हजार बराबरको कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने सुझाइएको छ । धितो मूल्यांकनका आधारमा बैंकका बाँकी ऋण तथा ब्याजमध्ये करिब ५९ प्रतिशत मात्र फिर्ता हुन सक्ने अनुमान गरिएको छ ।
बैंकमा १ अर्ब ५० करोड २२ लाख ६७ हजार बराबरको हिनामिना र अनधिकृत कारोबार फेला परेको छ । साथै, अन्तर–बैंक कारोबारमा पनि करिब १ करोड रुपैयाँ बराबरको थप शंकास्पद हिनामिनाको जानकारी दिइएको छ । बैंकका गैर–बैंकिङ्ग सम्पत्तिहरू (जग्गा, भवन आदि) का स्वामित्व कागजात पूरा नभएकाले सम्पूर्ण मूल्यांकन गर्न बाँकी रहेको उल्लेख छ । केही सम्पत्तिबाट आउने सम्भावित रकमलाई मात्रै मूल्यांकनमा समावेश गरिएको छ ।
बैंकले आर्थिक वर्ष ०७७/७८ देखि हालसम्म वार्षिक साधारण सभा नगरेको, धितोपत्र बोर्डमा आवश्यक प्रतिवेदनहरू नबुझाएको र कर विवरण समयमै पेस नगरेको कारण करिब ४१ लाख ५७ हजार बराबरको जरिवाना तिर्नुपर्ने स्थिति आएको छ। त्यसैगरी, विगतका धेरै वित्तीय कारोबारका प्रमाणपत्र र कागजात नहुँदा कयौँ लेनदेन प्रमाणित गर्न नसकिने अवस्था देखिएको छ। प्रतिवेदनले कर्णाली डेभलपमेन्ट बैंकलाई तत्काल पुनर्संरचना, नियामक सुधार र आन्तरिक लेखा नियन्त्रण सुदृढ गर्न सुझाव दिएको छ ।
यस्तो छ हिनामिनाको हिसाब
कर्णाली विकास बैंकको वित्तीय परीक्षण प्रतिवेदनअनुसार १ अर्ब २७ करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको शंका गरिएको छ । यो हिनामिनाको छानबिन बैंककै आन्तरिक लेखा परीक्षकले गरेका हुन् । त्यसैगरी, बैंकका हिसाबमा २३ करोड रुपैयाँभन्दा बढी अन्य अज्ञात बक्यौता रूपमा फेला परेको छ, जसको स्पष्ट विवरण भेटिएको छैन ।
७८ साल पुस मसान्तसम्मको वित्तीय विवरणमा बैंकको नेटवर्थ १ अर्ब ९० करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको छ। आवश्यक समायोजन र वास्तविक मूल्यांकनपछि यो थप बढेर २ अर्ब ४६ करोड ७७ लाख ऋणात्मक पुगेको छ ।
यी रकम विभिन्न बैंक खाताबाट अनियमित रूपमा हेरफेर भएको देखिन्छ । बैंक खाताबाट झिकिएको तर प्रणालीमा नदेखिएको रकम १ अर्ब ११ करोड ९१ लाख ६३ हजार रुपैयाँ छ । प्रणालीमा जम्मा देखिएको तर बैंकमा वास्तविक रूपमा जम्मा गरिएको रकम समेत १५ करोड ३० लाख रहेको प्रतिवेदनमा उल्लेख छ । कुल शंकास्पद हिनामिना रकम १ अर्ब २७ करोड २१ लाख ६३ हजार रहेको प्रतिवेदनले देखाएको छ ।

हिनामिनाको आशंका गरिएको र स्रोत नखुलेको समेत गरेर १ अर्ब ५० करोड २२ लाख ६७ हजार ४७१ रुपैयाँ आर्थिक नोक्सानी भएको देखिन्छ । लेखापरीक्षकले यो रकम बैंकको वासलातमा घाटाको रूपमा देखाउन सुझाव दिएको । लेखा परीक्षण अनुसार, बैंकको भुक्तानी र लेखा प्रणालीबीच ठुलो असंगति देखिएको छ । यसले आन्तरिक नियन्त्रण कमजोर रहेको र हिनामिना भएको प्रतिवेदनको शंका छ ।





About Us
प्रतिक्रिया